कोरोना संक्रमण बढ्न थालेपछि हाटबजार बन्द « Khabarhub

कोरोना संक्रमण बढ्न थालेपछि हाटबजार बन्द


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भन्दै जिल्लाका १० वटा स्थानीय तहका विभिन्न स्थानमा साप्ताहिक तथा पाक्षिक रूपमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दोस्रो लहरपछि लाग्न थालेका हाटबजारमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले पुनः अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द गराउने निर्णय गरेको जनाएको छ । जिल्लाको दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुईपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायतका ठाउँमा साप्ताहिक रूपमा हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषि उपजलगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय मारमा पर्ने गरेका छन् ।

कोरोनाको संक्रमण वृद्धि भइरहँदा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नमा भने बेवास्ता भइरहेको पाइएको छ । कोरोनाको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने बेला अधिकांश क्षेत्रमा हेलचेक्र्याइँ बढ्दो रहेको देखिएको छ । न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न भनिए पनि सोको पालना हुन सकेको देखिन्न । मास्कको प्रयोगमै बेपरवाह भइरहेको छ । संक्रमणविरुद्धको प्रतिकार्य तथा पूर्वतयारी योजना बनाउनमा स्थानीय सरकार तातेको देखिन्न ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १ : ३० बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ