बेलायतमा सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने « Khabarhub

बेलायतमा सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् ।

जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन् । तोकिएका निश्चित स्थानबाहेक सार्वजनिक स्थानमा फेस मास्क लगाउनुपर्ने छैन् ।

त्यसैगरी केयर होममा प्रवेश गर्न पनि केही सहज बनाइएको छ । नयाँ नियमअनुसार माध्यामिक विद्यालयलका विद्यार्थीलाई कक्षा कोठामा फेस मास्क अनिवार्य गरिनेछैन् । त्यस्तै, कोभिड पोजेटिभ भएका व्यक्ति अनिवार्य आइसोलेसनमा बस्ने प्रावधान पनि हटाइने उनले बताए ।

बेलायतमा औषतमा दैनिक ८२ हजारमा कोभिड संक्रमित देखिएका छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  १ : ४५ बजे

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर