अर्को गौर नरसंहार मच्चाएर सीके राउतको हत्या गर्न सक्ने भौतिक पूर्वाधारमन्त्री रेणु यादवको चेतावनी « Khabarhub

अर्को गौर नरसंहार मच्चाएर सीके राउतको हत्या गर्न सक्ने भौतिक पूर्वाधारमन्त्री रेणु यादवको चेतावनी


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधारमन्त्री रेणु यादवले रौतहटमा पुगेर आपत्तिजनक अभिव्यक्ति दिएकी छिन् ।

मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको गौर घटना दोहोरिएर हत्या गर्न सक्ने चेतावनी दिएकी हुन् ।

जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी मन्त्री याद‍वले बुधवार रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राउतलाई गौर घटना दोहोरिन सक्ने भएकाले सचेत रहन चेतावनी समेत दिइन् ।

सीके राउतको सचिवालयले सार्वजनिक गरेको भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा हिंसा भड्काउने अभिव्यक्ति दिँदै इतिहासलाई नभुल्न सीके राउतलाई चेतावनी दिएकी छन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकै ठाउँमा कार्यक्रम राखेपछि ०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । यो घटनालाई ‘गौर हत्याकाण्ड’ भनेर चिनिन्छ ।

वि.स‌ं. २०६३ मा जारी भएको अन्तरिम संविधान जलाएर मधेश आन्दोलन थालेको उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम आन्दोलनमा रहेकै बेला उक्त हत्याकाण्ड भएको थियो ।

यादवकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई निर्मम हत्या गरेको तत्कालीन माओवादीले दाबी गरेको थियो ।

अहिले फोरम र माओवादी दुवै सत्तारुढ गठबन्धनका दुई प्रमुख घटक हुन् । गत वर्ष ‘गौर हत्याकाण्ड’ का पीडित परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपेन्द्र यादवको निर्देशनमा घटना भएकाले उनीमाथि कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

भौतिक पूर्वाधारमन्त्री रेणु यादव बुधवार कार्यक्रममा जानुअघि सीके राउतका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  २ : १८ बजे

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर