मध्यनेपालमा अत्यावश्यक बाहेकका सेवा बन्द « Khabarhub

मध्यनेपालमा अत्यावश्यक बाहेकका सेवा बन्द


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको मध्यनेपाल नगरपालिकाले बिहीबारदेखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएको र कार्यालयका एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको तथा बाँकी कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जेल यही माघ १२ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।

उनले भने,‘सबै कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका कार्यालयसहित नगरको सबै वडा बन्द हुनेछ । स्वास्थ्य र सरसफाइलगायतका सेवा भने निरन्तर चलिरहन्छ ।’ यसरी सेवा बन्द गर्दा सेवाग्राहीको भीड नहुने र संक्रमण फैलिन नपाउने भएकाले सेवा बन्द गर्नुपर्ने बाध्यता आइपरेको उनको भनाइ छ ।

जिल्लामा हालसम्म १३० जना कोरोना भाइरस संक्रमित छन् । तेस्रो लहर सुरु भएयता गत मंगलबार जिल्लाका मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ३ : ४२ बजे

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले