वीरगञ्ज भन्सार कार्यालयद्धारा एक खर्ब पाँच अर्ब राजश्व संकलन « Khabarhub

वीरगञ्ज भन्सार कार्यालयद्धारा एक खर्ब पाँच अर्ब राजश्व संकलन


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रु. एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार राजश्व संकलन गरेको छ ।

यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु एक खर्ब २२ करोड १५ लाख ३७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा रु. ३२ अर्ब बढी राजश्व संकलन गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कुन शीर्षकमा कति राजश्व ?

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि करतर्फ रु. ४१ अर्ब तीन करोड ४५ लाख राजश्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु. ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

यसैगरी कार्यालयले सो अवधिमा भन्सार महसुल आयाततर्फ रु. ३८ अर्ब ५७ करोड ७३ लाख १४ हजार र भन्सार महसुल निर्याततर्फ रु. एक करोड ३२ लाख १९ हजार मात्र राजश्व संकलन गरेको छ । भन्सार महसुल निर्याततर्फ लक्ष्यको तुलनामा १९ प्रतिशत मात्र राजश्व संकलन भएको छ । सो अवधिमा कार्यालयले भन्सार महसुल निर्याततर्फ रु. ६ करोड ९९ लाख ७६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

त्यस्तै सो अवधिमा कार्यालयले अन्तःशुल्कतर्फ रु. १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करतर्फ रु. सात अर्ब ९७ करोड ३२ लाख ३२ हजार राजश्व संकलन भएको भन्सार कार्यालय वीरगञ्जले जनाएकोे छ ।

यसैगरी कार्यालयले सो अवधिमा अग्रिम आयकरतर्फ रु. १४ करोड ६८ लाख ९० हजार, स्वास्थ्य जोखिम करतर्फ रु. ८३ लाख ६५ हजार, कृषि सुधार शुल्कतर्फ रु. ७३ करोड ६३ लाख ७६ हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु. दुई अर्ब ३९ लाख ९५ हजार राजश्व र अन्य आय शीर्षकमा रु. पाँच करोड ५७ लाख १८ हजार राजश्व संकलन गरेको छ ।

गतवर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष बढेकाले चालु आवमा आयातसँगै राजश्व संकलनमा पनि सुधार भएको छ । यो वर्षको सुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ ।

विदेशी मुद्राको सञ्चित घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ४ : ३५ बजे

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि