कोरोना कहर: त्रिविका सबै परीक्षा स्थगित « Khabarhub

कोरोना कहर: त्रिविका सबै परीक्षा स्थगित


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन्।

आज बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ।

आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो।

‘ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका छन्,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबार बसेको बैठकबाट हाल त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा माघ ९ गते आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ।’

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ५ : २३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित