नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात « Khabarhub

नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ ।

बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने, पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति देशभर आंशिक बदली रहने, प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

यस्तै, शुक्रबार दिउँसो देशभर आंशिक बदली रहने, हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उसका अनुसार राति देशभर आंशिक बदली रहने, पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहने, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

वर्षा र हिमपातले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ६ : ०३ बजे

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट