पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सात विद्यार्थी संगठनको माग « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सात विद्यार्थी संगठनको माग


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न सात विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निस्पक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारी अध्यक्ष सुन्दर रायमाझी र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

अन्यथा देशभर आन्दोलनमा उत्रने उनीहरूको चेतावनी छ ।

संयुक्त विज्ञप्ति :

मिति : २०७८ माघ ६

नेपाली विद्यार्थीहरुको आशा र भरोसाको धरोहर, राष्ट्रिय स्वाधिनता, न्याय र समानताको पक्षधर एवम् मुलुकको गरिब जनताको जनजिविकाको पक्षमा सदैव क्रियाशील विद्यार्थी संगठनहरु मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरि संघर्षमा होमिनुपर्ने अवस्था आएको छ । हामी मुलुकमा व्याप्त विकृति, विसंगति, आर्थिक भ्रष्टाचार एवम् मनपरितन्त्रको विरुद्ध सदैव सम्झौता हिन लडाईमा समाहित हुँदै आएका छौं ।

आज फेरि परमादेशी सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टि–तेलमा ३ रुपैयाँ र हवाई ईन्धनमा ५ रुपैयाँ मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै कोरोना महामारीले जनता आक्रान्त भएको अवस्थामा, जनतालाई राहत दिनु त कहाँ हो कहाँ, सरकार कोभिड खोप लुकाउनमा व्यस्त छ, गरिब जनताको चुल्हो निभ्ने गरी मुल्य बढाउने जनतामारा कदमले हामीलाई आक्रोशित बनाएको छ् ।

मुल्य समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने र कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मुल्य वृद्धि गर्ने कदम प्रति संयुक्त विद्यार्थी संगठन खेद व्यक्त गर्न चाहन्छौं । पेट्रोलियम पदार्थको मूल्य–वृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्न जोडदार माग गर्दछौं ।

अन्यथा हामी मुल्यवृद्धि विरुद्ध जस्तोसुकै प्रतिकारमा उत्रन बाध्य हुनेछौं र यसको जिम्मेवार स्वयं सरकार हुने चेतावनी दिन चाहन्छौं । साथै देशैभरिका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आह्वान गर्दछौं ।

student

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ६ : ३१ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी