सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि « Khabarhub

सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै सप्तरीमा कोरोना पोजेटिभ हुनेको संख्या १ सय ५४ पुगेको सप्तरीका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । उनले भने, ‘बुधबार पिसिआरका लागि ३३ जनाको स्वाब संकलन गर्दा बिहीबार ३० जनाको कोरोना पोजेटिभ देखिएको हो ।’

संक्रमित मध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका व्यक्ति रहेका छन् । संक्रमित मध्ये सबै जना होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा ज्वरोका बिरामी बढेका छन् । रुघाखोकी लाग्ने, ज्वरो आउने, जाडोले काम्ने बिरामी घरै पिच्छे रहेका छन् । उनीहरू पिसिआर परीक्षण नगरी घरमै उपचार गरेर बसेको निमित्त प्रमुख यादवको भनाई छ ।

‘सबै बिरामीले पिसिआर टेस्ट गर्ने हो भने सप्तरीमा संक्रमितको भयावह अवस्था हुन्छ । आफैं ठिक भइहाल्छ भन्ने धारणा सर्वसाधारणको रहेकोले पिसिआर प्रति चाँसो सर्वसाधारणमा नरहेको यादवको भनाई रहेको छ । कोरोना संक्रमणकै कारण सप्तरीमा एक जना महिलाको सोमबार मृत्यु भइसकेको छ,’ यादवले भने ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ६ : ४० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष