सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि « Khabarhub

सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै सप्तरीमा कोरोना पोजेटिभ हुनेको संख्या १ सय ५४ पुगेको सप्तरीका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । उनले भने, ‘बुधबार पिसिआरका लागि ३३ जनाको स्वाब संकलन गर्दा बिहीबार ३० जनाको कोरोना पोजेटिभ देखिएको हो ।’

संक्रमित मध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका व्यक्ति रहेका छन् । संक्रमित मध्ये सबै जना होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा ज्वरोका बिरामी बढेका छन् । रुघाखोकी लाग्ने, ज्वरो आउने, जाडोले काम्ने बिरामी घरै पिच्छे रहेका छन् । उनीहरू पिसिआर परीक्षण नगरी घरमै उपचार गरेर बसेको निमित्त प्रमुख यादवको भनाई छ ।

‘सबै बिरामीले पिसिआर टेस्ट गर्ने हो भने सप्तरीमा संक्रमितको भयावह अवस्था हुन्छ । आफैं ठिक भइहाल्छ भन्ने धारणा सर्वसाधारणको रहेकोले पिसिआर प्रति चाँसो सर्वसाधारणमा नरहेको यादवको भनाई रहेको छ । कोरोना संक्रमणकै कारण सप्तरीमा एक जना महिलाको सोमबार मृत्यु भइसकेको छ,’ यादवले भने ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ६ : ४० बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक