स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा.पौडेल « Khabarhub

स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा.पौडेल


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उनले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका हुन् । उपमहासचिव डा. पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रुपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिए ।

उनले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताए । कार्यक्रममा उपमहासचिव डा. पौडेलले समाजवादी प्रेस संगठन नेपालका पदाधिकारीलाई शपथ गराएका थिए । सो अवसरमा संगठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरुलाई देशभर संगठित गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताए ।

त्यस्तै महासचिव भुपराज खड्काले संगठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागेकाले त्यसको तयारी भइरहेको जानकारी गराए । बाइस सदस्यीय पदाधिकारी रहेको उक्त संगठनमा काठमाडौँमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : ३० बजे

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी