स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा.पौडेल | Khabarhub Khabarhub

स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा.पौडेल


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उनले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका हुन् । उपमहासचिव डा. पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रुपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिए ।

उनले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताए । कार्यक्रममा उपमहासचिव डा. पौडेलले समाजवादी प्रेस संगठन नेपालका पदाधिकारीलाई शपथ गराएका थिए । सो अवसरमा संगठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरुलाई देशभर संगठित गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताए ।

त्यस्तै महासचिव भुपराज खड्काले संगठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागेकाले त्यसको तयारी भइरहेको जानकारी गराए । बाइस सदस्यीय पदाधिकारी रहेको उक्त संगठनमा काठमाडौँमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम