बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच वार्ता « Khabarhub

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच वार्ता


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार साँझ प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

उनीहरूबीच चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । यसअघि आज अपरान्ह ४ बजे बोलाइएको सत्ता गठबन्धन बैठक तयारी नपुगेर स्थगित भएको थियो । अब गठबन्धनको बैठक भोलि अपरान्ह ४ बजे बालुवाटार बोलाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : १३ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण