नक्कली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ « Khabarhub

नक्कली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा नक्कली नेपाली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् । चितवन प्रहरीले खैरहनी नगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–३ बेलचोकमा डेरा गरी बस्ने २५ वर्षीय पबिता घतानी र राप्ती नगरपालिका–७ बस्ने २७ वर्षीय गगन लाल तामाङलाई ४ माघमा पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

नारायणगढ बेलचोकमा रहेको एक फेन्सी पसलमा कपडा खरिद गर्न गएकी पबिता घतानीले कपडा खरिद गरेपछि दिएको नोट नक्कली भएको भन्ने सूचनाको आधारमा प्रहरीले घतानीलाई पक्राउ गरेको थियो । उनको साथबाट नक्कली नेपाली नोट एक हजार रुपैयाँका १० थान बरामद गरिएको अधिकारीले बताए ।

एचपी कम्पनीको ल्यापटप एक थान र सौर्य दैनिकको एउटा प्रेस कार्डसहित तामाङलाई सौराहाको एक होटेलबाट पक्राउ गरिएको उनले बताए ।

नक्कली नेपाली नोट छाप्ने काममा भने अरू नै संलग्न रहेको र उनीहरू फरार रहेकाले खोजी कार्य जारी रहेको उनले बताए । उनीहरूको साथबाट एमआई कम्पनीको एउटा मोबाइल पनि बरामद गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : ५२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको