राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाबीच चुनावी एकता « Khabarhub

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाबीच चुनावी एकता


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आसन्न राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी एकता भएको छ ।

१२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनको लागि दुवै पार्टीले गठबन्धन घोषणा गर्दै आ-आफ्ना उम्मेदवारलाई साझा उम्मेदवारको रुपा प्रस्तुतसमेत गरेका छन् । बिहीबार जनकपुरधाममा दुवै पार्टीले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरे गठबन्धनको घोषणा गरेको हो ।

राष्ट्रिय सभा सदस्यको लागि अन्य कोटामा एमालेबाट उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रुपा यादवले उम्मेदवारी दिने भएका छन् । महिला कोटामा उम्मेदवारी दिएकी एमालेकी बिनादेवी साहले भने आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । पत्रकार सम्मेलनमा साहले पार्टीका आग्रहमा आफूहरूले उम्मेदवारी फिर्ता लिएको बताइन् ।

गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठले राष्ट्रिय सभाको निर्वाचनको लागि भएको गठबन्धन अन्य निर्वाचनमा पनि जान सक्ने बताए । राष्ट्रियताको सवालमा एमाले र लोसपाबीच समानता रहेकोले विचारहरू मिल्दै गए भने गठबन्धन लामो समयसम्म टिक्ने उनले बताएका छन् ।

कार्यक्रममा लोसाका प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका संसदीय दलका नेतासमेत रहेको जितेन्द्र सोनलले मधेसको विषयमा अन्य राष्ट्रिय पार्टीभन्दा नेकपा एमाले राम्रो रहेको बताए । मधेस आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानको नागरिकता, संविधान संशोधनलगायतका विषयमा एमालेले सकारात्मक रहेकोले विगतमा लोसपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको उनको भनाई थियो ।

गठबन्धन घोषणा कार्यक्रममा एमाले नेता लीलानाथ श्रेष्ठ, जुली महतो, लोसमा सांसद परमेशर साह, जयनुल राइन, रानी शर्मा तिवारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ८ : ४० बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक