ट्राफिकले चलायो मास्कको प्रयोग गर्न स्टिकर अभियान (भिडियोसहित) « Khabarhub

ट्राफिकले चलायो मास्कको प्रयोग गर्न स्टिकर अभियान (भिडियोसहित)


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य मापदण्डको अनिबार्य पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीलेसार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुबर्गहरुलाई अनिबार्य मास्कको प्रयोगगर्न अनुरोध गर्दै सवारी साधनहरुमा सुचनामुलक स्टिकर टाँस गरेको छ ।

काठमाडौँ मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थितिमा‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँस गरिएको हो ।

कार्यक्रममा बोल्दै एसएसपी जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र साबधानीका उपायहरुलाई पुर्ण पालना गर्न अनुरोध गरे ।

यातायात क्षेत्र उच्च जोखिममा रहने हुनाले बेलैमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर मात्र चलायमान गराउनुपर्ने महाशाखाको बुझाईछ ।

ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए-नभएको अनुगमन गर्दै मास्क नलगाएको पाइए सम्झाईबुझाइ गरि मास्क समेत बितरण गरेको छ । स्वस्फुर्त रुपमा मास्कको प्रयोग गर्ने चालक सह-चालकहरुतथा यात्रुलाई सचेतना अभिबृद्धि गर्न ट्राफिक प्रहरीले अनुरोध गरेकोछ ।

उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुमा ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने पन्ध्र हजार थान स्टिकर टाँस गरिएको छ ।

यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने महाशाखाको बुझाई छ ।

ट्राफिक प्रहरीलेअनिबार्य मास्कको प्रयोग गर्न अनुगमन गर्ने, सचेतना जगाउनेर मास्क बितरण समेत गर्दै आएको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ८ : १८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित