ट्राफिकले चलायो मास्कको प्रयोग गर्न स्टिकर अभियान (भिडियोसहित) « Khabarhub

ट्राफिकले चलायो मास्कको प्रयोग गर्न स्टिकर अभियान (भिडियोसहित)


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य मापदण्डको अनिबार्य पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीलेसार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुबर्गहरुलाई अनिबार्य मास्कको प्रयोगगर्न अनुरोध गर्दै सवारी साधनहरुमा सुचनामुलक स्टिकर टाँस गरेको छ ।

काठमाडौँ मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थितिमा‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँस गरिएको हो ।

कार्यक्रममा बोल्दै एसएसपी जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र साबधानीका उपायहरुलाई पुर्ण पालना गर्न अनुरोध गरे ।

यातायात क्षेत्र उच्च जोखिममा रहने हुनाले बेलैमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर मात्र चलायमान गराउनुपर्ने महाशाखाको बुझाईछ ।

ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए-नभएको अनुगमन गर्दै मास्क नलगाएको पाइए सम्झाईबुझाइ गरि मास्क समेत बितरण गरेको छ । स्वस्फुर्त रुपमा मास्कको प्रयोग गर्ने चालक सह-चालकहरुतथा यात्रुलाई सचेतना अभिबृद्धि गर्न ट्राफिक प्रहरीले अनुरोध गरेकोछ ।

उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुमा ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने पन्ध्र हजार थान स्टिकर टाँस गरिएको छ ।

यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने महाशाखाको बुझाई छ ।

ट्राफिक प्रहरीलेअनिबार्य मास्कको प्रयोग गर्न अनुगमन गर्ने, सचेतना जगाउनेर मास्क बितरण समेत गर्दै आएको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ८ : १८ बजे

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११