मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न जनमत पार्टीको माग « Khabarhub

मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न जनमत पार्टीको माग


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्ख जनमत पार्टीले माग गरेको छ ।

मन्त्री यादवले दिएको अभिव्यक्ति बारे डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नरसंहार गराई दिने जस्ता अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न माग गरेको हो ।

बिहीबार जनमत पार्टीका उपाध्यक्ष दिपककुमार साहले प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बरखास्त गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीले विशिष्ट सुरक्षा घेरामा राखेर सुरक्षा दिएको आरोप लगाइएको छ । त्यस्तै उनीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न जनमत माग राखेको छ ।

 

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ८ : ४६ बजे

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

एजेन्सी– इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर–शत्रुतापूर्ण’ तेल ट्यांकरहरूलाई आवतजावत

सरकार गठन विषयमा बालेन-रविबीच छलफल जारी, दोस्रो तहका नेता बेखबर

काठमाडौं– सरकार गठनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि