मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न जनमत पार्टीको माग | Khabarhub Khabarhub

मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न जनमत पार्टीको माग


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्ख जनमत पार्टीले माग गरेको छ ।

मन्त्री यादवले दिएको अभिव्यक्ति बारे डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नरसंहार गराई दिने जस्ता अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न माग गरेको हो ।

बिहीबार जनमत पार्टीका उपाध्यक्ष दिपककुमार साहले प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बरखास्त गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा गौर नरसंहारका फरार अभियुक्तहरूलाई सुरक्षाकर्मीले विशिष्ट सुरक्षा घेरामा राखेर सुरक्षा दिएको आरोप लगाइएको छ । त्यस्तै उनीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न जनमत माग राखेको छ ।

 

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ८ : ४६ बजे

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके