काठमाडौँ उपत्यकामा भोलि राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने « Khabarhub

काठमाडौँ उपत्यकामा भोलि राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा माघ ७ गते शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्नको लागि भन्दै सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

यो निर्णय अनुसार अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ । जोर बिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने बताइएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ९ : ०५ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण