पुरातात्विक महत्वका सामग्री चोरीको आरोपमा २ जना पक्राउ « Khabarhub

पुरातात्विक महत्वका सामग्री चोरीको आरोपमा २ जना पक्राउ


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौँ महानगरपालिका २६ केशरमहलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका ३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौँ केशरमहल बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ घर भएका ३६ वर्षीय बीर बहादुर सुनार रहेका छन् ।

२०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहलस्थित केशर पुस्तकालयबाट बाघको टाउकोको नम्बर २६, २ थान तरवार चोरी भएको थियो ।

सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका २६ केशरमहलमा बोरामा राखी फालेको अवस्थामा बुधबार दिउँसो फेला पारेको थियो ।

अनुसन्धानको क्रममा उक्त सामग्रीहरु चोरी कार्यमा संलग्नमध्ये उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौँ पठाइएको तथा चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ९ : १४ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण