‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन ’ « Khabarhub

‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन ’


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् ।

सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० त्यस्ता घटना घटेका थिए । मानवअधिकार उल्लङ्घनका कूल ४३० घटनामा ज्यादतिका धेरै छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले शनिबार वीरेन्द्रनगर सुर्खेतमा सार्वजनिक गरेको वर्ष पुस्तक सन् २०२२ को तथ्याङ्कानुसार ३२० महिला र ७६ पुरुषमा गरी ३९६ ज्यादतिका घटनाबाट पीडित भएका छन् ।

त्यस्तै पीडित भएकामध्ये चार महिला र ३० पुरुष गरी ३४ पीडित रहेको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले जानकारी दिए । यो तथ्याङ्कमा विगतभन्दा केही सुधार भएको इन्सेकले निष्कर्ष निकालेको छ । सन् २०२० मा मानवअधिकार उल्लङ्घनका घटनामा सात महिला र ५१ पुरुषसहित ५८ जना पीडित भएका थिए । उक्त वर्षमा ज्यादतिका घटनामा ३३२ महिला र ९४ पुरुषसहित ४२६ पीडित भएका थिए ।

इन्सेकको तथ्याङ्कलाई आधार मान्दा प्रदेशको मानवअधिकारमा सामान्य सुधार आए पनि कारागारमा मृत्यु हुने, परिवारबाटै भएका हत्या र धम्कीका घटना भने बढी दर्ता भएको पाइन्छ । जातीय विभेदका घटना भने धेरै भएको देखिन्छ । सन् २०२१ मा दुई जनाको कारागारमा मृत्यु, २० महिला र १४ पुरूष गरी ३४ जनाको हत्या भएको र धम्कीका घटनाबाट १२ पीडित भएको इन्सेकको अभिलेखमा पाइन्छ ।

मानवअधिकार उल्लङ्घनका घटनाबाट यहाँका ८३ बालिका र एक बालकसमेत पीडित भएका जनाइएको छ । उल्लङ्घनका घटनामा सबैभन्दा बढी महिला पीडित भएको देखिएको संयोजक सुवेदीले बताए । यसअन्तर्गत महिला हिंसाका घटनामा २०५, बलात्कारमा ८०, बलात्कार प्रयासका घटनामा छ र यौन दुव्र्यवहारका घटनामा २९ गरी ११५ जना पीडित रहेको उनको भनाइ थियो ।

उनका अनुसार जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले व्यवस्थापनमा समस्या भएको पाइएको छ । दश जिल्लाका कारागारको क्षमता ६८६ हुनुपर्नेमा सन् २०२१ को अन्त्यमा एक हजार ९८ कैदीबन्दी कारागारमा रहेको इन्सेको तथ्याङ्कमा उल्लेख छ । कैदीबन्दीले न्यूनतम मानवअधिकारको उपभोग गर्न नपाएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ६ : ५५ बजे

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि