राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापाका ८८ विद्यालय छनोट | Khabarhub Khabarhub

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापाका ८८ विद्यालय छनोट


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् ।

आर्थिक वर्ष २०७८-७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिए । ती विद्यालयका लागि कूल रू १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ ।

छनोटमा परेका विद्यालयमध्ये तीन विद्यालयमा प्रयोगशाला, ३० मा चारकोठे कक्षाकोठा निर्माण, २१ मा दुईकोठे कक्षाकोठा निर्माण र ३४ आइसिटी कक्षा सञ्चालनका लागि बजेट छुट्याइएको हो । ती विद्यालयमा आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय रु छ लाख ५० हजार, ल्याबका लागि प्रतिविद्यालय रु १० लाख, दुईकोठे कक्षाकोठा निर्माण गर्न प्रतिविद्यालयका लागि रु १८ लाख र चारकोठे कक्षाकोठाका लागि प्रतिविद्यालय रु ३६ लाख बजेट विनियोजन गरिएको छ ।

छनोटमा परेको मेचीनगरका सात विद्यालयमध्ये कक्षाकोठा निर्माणका लागि तीनवटा, ल्याब एक र आइसिटीका लागि तीन विद्यालय छनोटमा परेका छन् । त्यस्तै बिर्तामोडका पाँचमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई, झापा गाउँपालिका र गौरीगञ्जका चार–चारमध्ये कक्षाकोठा र आइसिटी दुई–दुई, बाह्रदशीका पाँचमध्ये कक्षाकोठा र आइसिटीका लागि दुई–दुई तथा ल्याबका लागि एक विद्यालय छनोटमा परेका छन् ।

यस्तै शिवसताक्षीका नौ विद्यालयमध्ये कक्षाकोठाका लागि पाँच, आइसिटी चार, हल्दिबारीका दुई विद्यालयलाई कक्षाकोठा निर्माणका लागि बजेट विनियोजन गरिएको छ । गौरादहमा नौ विद्यालयमध्ये कक्षा कोठाका लागि पाँच र आइसिटीका लागि चार, कचनकवलका तीन विद्यायमध्ये कक्षा कोठाका लागि दुई र आइसिटीका लागि एक, कमलका १० विद्यायमध्ये कक्षा कोठाका लागि सात र आइसिटीका लागि तीन विद्यालयलाई बजेट उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

यस्तै अर्जुनधाराका आठ विद्यालयमध्ये कक्षा कोठाका लागि चार, आइसिटीका लागि तीन र ल्याब सञ्चालनका लागि एक विद्यालय छनोटमा परेका छन् भने बुद्धशान्तिका पाँच विद्यालयमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई विद्यालय छनोटमा परेका छन् ।

भद्रपुरका पाँच विद्यायमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई, दमकका सात विद्यायमध्ये कक्षा कोठाका लागि पाँच र आइसिटीका लागि दुई र कनकाईका पाँच विद्यायमध्ये कक्षा कोठाका लागि तीन र आइसिटीका लागि दुई विद्यालय छनोटमा परेको कार्यालयले जनाएको छ ।

बुद्धशान्ति–५ होक्सेस्थित त्रिभुवन मावि बुद्धशान्तिका प्रधानाध्यापक कुमार आचार्यले चारकोठे कक्षाकोठा निर्माणका लागि विद्यालय छनोटमा परेको बताए । उनले यसबाट विद्यार्थीको पठनपाठन आउने बताउँदै भने, ‘विद्यालयमा कक्षा कोठाको अभाव हट्नुका साथै सामुदायिक विद्यालयप्रतिको आकर्षण पनि बढ्छ ।’

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख राजकुमार विकले यहाँका विद्यालयमा कक्षाकोठा अभावको समस्यालाई हटाउन कार्यक्रम प्रभावकारी भएको बताए । ‘स्थानीय तहले पनि सामुदायिक विद्यालयमा कक्षाकोठा बनाइरहेका छन्’, उनले भने, ‘भवन अभावमै खुला आकाशमा बसेर पढ्नुपर्ने अवस्था छैन ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ५७ बजे

माइतीघरमा खोटाङका मेयर भट्टराई आमरण अनशनमा (तस्बिरहरू) 

काठमाडौं– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि

रूसी भूकम्पको असर विश्वभर, यी हुन् यसअघि संसार हल्लाउने पाँच ठूला कम्पन

मस्को- रूसको पूर्वी प्रायद्वीप कामचाट्कामा आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पलाई

जग्गाको विवरण पेश गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको पत्राचार 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकाय अस्पताल तथा स्वास्थ्य

घरखर्च चलाउने आम्दानी बन्दै निहुरो

 म्याग्दी– म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार

भरतपुर अस्पतालमा घट्यो प्रसूति सेवा लिनेको सङ्ख्या

चितवन– भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको