अभिनेत्री काव्या थापर न्यायिक हिरासतमा « Khabarhub

अभिनेत्री काव्या थापर न्यायिक हिरासतमा


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– भारतीय अभिनेत्री काव्या थापरलाई जुहू न्यायिक हिरासतमा छिन् । उनीलाई मदिरा सेवन गरेर गाडी चलाएको र प्रहरीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ गरी न्यायिक हिरासतमा राखिएको हो ।

काव्या तमिल र तेलुगू फिल्मकी अभिनेत्री हुन् । उनलाई जुहूको प्रहरीले मुम्बई प्रहरीलाई हस्तान्तरण गरेपछि हिरासतमा राखिएको छ । उनले मदिरा सेवनबाट गाडी चलाउँदा दुर्घटना परेपछि एक व्यक्ति घाइते भएका थिए । यसपछि उनले प्रहरीमाथि दुर्व्यवहार गरेकी थिइन् । प्रहरीले अदालतमा उजुरी दिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो ।

२६ वर्षीया काव्यले मुम्बईमा पढाइ पूरा गरेकी हुन् । पढाइ पूरा गरेपछि उनी ग्ल्यामर क्षेत्रमा आएकी थिइन् । उनले सर्ट फिल्म ‘तत्काल’बाट डेब्यू गरेकी थिइन् ।

यो फिल्मपछि उनले तेलुगू फिल्म ‘इ माया पेरिमेतो’, ‘मार्केट राजा एमबीबीएस’मा अभिनय गरिन् । काव्या सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छिन् । उनी प्रायः आफ्ना बोल्ड तस्वीर र भिडियो पोस्ट गरिरहन्छिन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ०८ बजे

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन