अभिनेत्री काव्या थापर न्यायिक हिरासतमा « Khabarhub

अभिनेत्री काव्या थापर न्यायिक हिरासतमा


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– भारतीय अभिनेत्री काव्या थापरलाई जुहू न्यायिक हिरासतमा छिन् । उनीलाई मदिरा सेवन गरेर गाडी चलाएको र प्रहरीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ गरी न्यायिक हिरासतमा राखिएको हो ।

काव्या तमिल र तेलुगू फिल्मकी अभिनेत्री हुन् । उनलाई जुहूको प्रहरीले मुम्बई प्रहरीलाई हस्तान्तरण गरेपछि हिरासतमा राखिएको छ । उनले मदिरा सेवनबाट गाडी चलाउँदा दुर्घटना परेपछि एक व्यक्ति घाइते भएका थिए । यसपछि उनले प्रहरीमाथि दुर्व्यवहार गरेकी थिइन् । प्रहरीले अदालतमा उजुरी दिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो ।

२६ वर्षीया काव्यले मुम्बईमा पढाइ पूरा गरेकी हुन् । पढाइ पूरा गरेपछि उनी ग्ल्यामर क्षेत्रमा आएकी थिइन् । उनले सर्ट फिल्म ‘तत्काल’बाट डेब्यू गरेकी थिइन् ।

यो फिल्मपछि उनले तेलुगू फिल्म ‘इ माया पेरिमेतो’, ‘मार्केट राजा एमबीबीएस’मा अभिनय गरिन् । काव्या सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छिन् । उनी प्रायः आफ्ना बोल्ड तस्वीर र भिडियो पोस्ट गरिरहन्छिन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ०८ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी