सहरमा प्याड बनाउन सिकाउँदै गाउँकी किशोरी « Khabarhub

सहरमा प्याड बनाउन सिकाउँदै गाउँकी किशोरी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– वर्ष दिनअघि खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी १७ वर्षीया किशोरी कविता वनले स्यानेटरी प्याड बनाउने तालिम लिइन् । तालिममा सिकेको सिपलाई उनले आफुमा मात्र सिमित गरिनन् । कविताले गाउँका किशोरी तथा महिलालाई पुनस् प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउन र प्रयोग गर्न सिकाइन् । प्याड बनाउन सिकाउने क्रममा मिलेको हौसलाले उनमा थप जोस र जाँगर पलाएको बताइन् ।

त्रिभुवन मावि ऐसेलुखर्कबाट कक्षा १२ उत्तिर्ण गरेपछि गत मंसिरमा काठमाडौं पुगेकी कविताले काठमाडौंमा पनि पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउने प्रशिक्षकको जिम्मेवारी पूरा गर्न छाडेकी छैनन् । लियो क्लब अफ काठमाडौं आनन्दभैरवले शनिबार आयोजना पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड निर्माणसम्बन्धी तालिममा कवितालाई नै प्रशिक्षकका रुपमा निम्त्याइयो । सिद्ध कलेज, काठमाडौंमा आयोजना गरिएको तालिममा कविताबाट एक दर्जन किशोरकिशोरीले स्यानेटरी प्याड बनाउने सिप सिकेका छन् ।

कविताले तालिममा सहभागी किशोरकिशोरीलाई घरेलु सामग्री प्रयोग गरेर स्यानेटरी प्याड बनाउने र प्रयोग गर्ने विधि सिकाएकी छिन् । उनले सुति, कटन जस्ता नरम कपडाबाट सियो र धागोले सिलाएरै प्याड तयार पार्न सिकाउने गरेकी छिन् । घरमै तयार पारिएको प्याड एक वर्षसम्म पुनः प्रयोग गर्न सकिने भएकाले महिलाका लागि उपयोग हुने कविता बताउँछिन् । स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्य कविता हाल जिपी मेमोरियलमा कलेज, काठमाडौंमा स्तानक पहिलो वर्षमा अध्ययनरत छिन् ।

कविताले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित शिशु माविमा कक्षा ७ देखि कक्षा १० मा अध्ययनरत ३७ छात्रालाई सहभागी गराएर गत १२ वैसाखमा स्यानेटरी प्याड बनाउने तालिम सञ्चालन गरेकी थिइन् । त्यसअघि पहिलो चरणमा आफ्नै गाउँ रैकर टोलका दिदि, आमादेखि हजुरआमा उमेर समुहका २५ महिलालाई र दोश्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : ३० बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६