सहरमा प्याड बनाउन सिकाउँदै गाउँकी किशोरी « Khabarhub

सहरमा प्याड बनाउन सिकाउँदै गाउँकी किशोरी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– वर्ष दिनअघि खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी १७ वर्षीया किशोरी कविता वनले स्यानेटरी प्याड बनाउने तालिम लिइन् । तालिममा सिकेको सिपलाई उनले आफुमा मात्र सिमित गरिनन् । कविताले गाउँका किशोरी तथा महिलालाई पुनस् प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउन र प्रयोग गर्न सिकाइन् । प्याड बनाउन सिकाउने क्रममा मिलेको हौसलाले उनमा थप जोस र जाँगर पलाएको बताइन् ।

त्रिभुवन मावि ऐसेलुखर्कबाट कक्षा १२ उत्तिर्ण गरेपछि गत मंसिरमा काठमाडौं पुगेकी कविताले काठमाडौंमा पनि पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउने प्रशिक्षकको जिम्मेवारी पूरा गर्न छाडेकी छैनन् । लियो क्लब अफ काठमाडौं आनन्दभैरवले शनिबार आयोजना पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड निर्माणसम्बन्धी तालिममा कवितालाई नै प्रशिक्षकका रुपमा निम्त्याइयो । सिद्ध कलेज, काठमाडौंमा आयोजना गरिएको तालिममा कविताबाट एक दर्जन किशोरकिशोरीले स्यानेटरी प्याड बनाउने सिप सिकेका छन् ।

कविताले तालिममा सहभागी किशोरकिशोरीलाई घरेलु सामग्री प्रयोग गरेर स्यानेटरी प्याड बनाउने र प्रयोग गर्ने विधि सिकाएकी छिन् । उनले सुति, कटन जस्ता नरम कपडाबाट सियो र धागोले सिलाएरै प्याड तयार पार्न सिकाउने गरेकी छिन् । घरमै तयार पारिएको प्याड एक वर्षसम्म पुनः प्रयोग गर्न सकिने भएकाले महिलाका लागि उपयोग हुने कविता बताउँछिन् । स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्य कविता हाल जिपी मेमोरियलमा कलेज, काठमाडौंमा स्तानक पहिलो वर्षमा अध्ययनरत छिन् ।

कविताले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित शिशु माविमा कक्षा ७ देखि कक्षा १० मा अध्ययनरत ३७ छात्रालाई सहभागी गराएर गत १२ वैसाखमा स्यानेटरी प्याड बनाउने तालिम सञ्चालन गरेकी थिइन् । त्यसअघि पहिलो चरणमा आफ्नै गाउँ रैकर टोलका दिदि, आमादेखि हजुरआमा उमेर समुहका २५ महिलालाई र दोश्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : ३० बजे

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि जारी दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके)

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न सानेपामा जुटे कांग्रेस नेताहरू

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने