भाडाकै घरमा प्रहरी चौकी « Khabarhub

भाडाकै घरमा प्रहरी चौकी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ–मनाङका अधिकांश प्रहरी कार्यालय भाडाकै घरमा छन् । जिल्ला प्रहरी कार्यालय मनाङअन्तर्गतका अधिकांश प्रहरी चौकी विगत ३८ वर्षदेखि भाडाकै घरमा सञ्चालन भइरहेका छन्।

प्रहरी नायब उपरीक्षक सुवास खड्काले जिल्लाका अधिकांश इकाइ संरचनाविहीन रहेको बताए । उनका अनुसार निजी आवासलाई भाडामा लिएर मनाङको शान्ति सुरक्षामा प्रहरी खटिएका छन् । ‘जिल्ला प्रहरी कार्यालयको भवन निर्माण भइरहेको छ’, उनले भने, ‘कार्यालय भवन निर्माणका लागि लामो समयदेखि आग्रह गर्दै आएको र सोही बमोजिम हाल भवन निर्माण प्रक्रिया अगाडि बढेको छ ।’

सदरमुकाम चामे गाउँपालिका–४ स्थित बजारमा नै प्रहरी कार्यालयको सुविधा सम्पन्न भवन निर्माण भइरहेको उनको भनाइ छ । करिब रु १४ करोडको लागतमा जिल्ला प्रहरी कार्यालय मनाङको भवन निर्माण भइरहेको छ । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतका अन्य इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकी पनि भाडाकै घरमा छन् । प्रहरीले नजिक रहेका केही विद्यालयलाई ब्यारेक बनाएर प्रयोग गरिरहेका छन् भने अधिकांश प्रहरी चौकी भाडाका घरमा सञ्चालित छन् । भाडाका घरमा खान, बस्न, छलफल र अन्य कामकाजमा ठूलो समस्या भइरहेको उनले बताए। निवास, कार्यालयको व्यवस्थापन साँघुरोमा राखिएको छ।

धारापानीस्थित इलाका प्रहरी कार्यालयको सेवा पनि भाडाकै घरबाट प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । तालगाउँमा रहेको चौकीको जग्गा व्यक्तिको आवास निर्माण भएकाले भरखरै मात्र कार्यालयको मातहतमा ल्याइएको उनको भनाइ छ । मनाङको तालगाउँ, धारापानी, सदरमुकाम चामे, हुम्दे एयरपोर्ट, नार्पाभूमि र च्याखुमा इलाका प्रहरी तथा प्रहरी चौकी रहेका छन् । हुम्दे प्रहरी चौकीको जग्गा एयरपोर्ट विस्तारमा परेपछि ङिस्याङ गाउँपालिकाले चौकी निर्माणका लागि जग्गाको व्यवस्थापन गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ३ : १५ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६