भाडाकै घरमा प्रहरी चौकी | Khabarhub Khabarhub

भाडाकै घरमा प्रहरी चौकी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ–मनाङका अधिकांश प्रहरी कार्यालय भाडाकै घरमा छन् । जिल्ला प्रहरी कार्यालय मनाङअन्तर्गतका अधिकांश प्रहरी चौकी विगत ३८ वर्षदेखि भाडाकै घरमा सञ्चालन भइरहेका छन्।

प्रहरी नायब उपरीक्षक सुवास खड्काले जिल्लाका अधिकांश इकाइ संरचनाविहीन रहेको बताए । उनका अनुसार निजी आवासलाई भाडामा लिएर मनाङको शान्ति सुरक्षामा प्रहरी खटिएका छन् । ‘जिल्ला प्रहरी कार्यालयको भवन निर्माण भइरहेको छ’, उनले भने, ‘कार्यालय भवन निर्माणका लागि लामो समयदेखि आग्रह गर्दै आएको र सोही बमोजिम हाल भवन निर्माण प्रक्रिया अगाडि बढेको छ ।’

सदरमुकाम चामे गाउँपालिका–४ स्थित बजारमा नै प्रहरी कार्यालयको सुविधा सम्पन्न भवन निर्माण भइरहेको उनको भनाइ छ । करिब रु १४ करोडको लागतमा जिल्ला प्रहरी कार्यालय मनाङको भवन निर्माण भइरहेको छ । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतका अन्य इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकी पनि भाडाकै घरमा छन् । प्रहरीले नजिक रहेका केही विद्यालयलाई ब्यारेक बनाएर प्रयोग गरिरहेका छन् भने अधिकांश प्रहरी चौकी भाडाका घरमा सञ्चालित छन् । भाडाका घरमा खान, बस्न, छलफल र अन्य कामकाजमा ठूलो समस्या भइरहेको उनले बताए। निवास, कार्यालयको व्यवस्थापन साँघुरोमा राखिएको छ।

धारापानीस्थित इलाका प्रहरी कार्यालयको सेवा पनि भाडाकै घरबाट प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । तालगाउँमा रहेको चौकीको जग्गा व्यक्तिको आवास निर्माण भएकाले भरखरै मात्र कार्यालयको मातहतमा ल्याइएको उनको भनाइ छ । मनाङको तालगाउँ, धारापानी, सदरमुकाम चामे, हुम्दे एयरपोर्ट, नार्पाभूमि र च्याखुमा इलाका प्रहरी तथा प्रहरी चौकी रहेका छन् । हुम्दे प्रहरी चौकीको जग्गा एयरपोर्ट विस्तारमा परेपछि ङिस्याङ गाउँपालिकाले चौकी निर्माणका लागि जग्गाको व्यवस्थापन गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ३ : १५ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते