तीन मोटरसाइकल चोरी गर्ने एक पक्राउ « Khabarhub

तीन मोटरसाइकल चोरी गर्ने एक पक्राउ


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जाँचका क्रममा बा ९२ प ३८ लेखिएको बुलेट मोटरसाइकलको अगाडि पछाडिको अङ्क टेपले छोपेर हिँडिरहेको अवस्थामा ठकुरीलाई पक्राउ गरिएको जानकारी दिए ।

‘पक्राउ परेका ठकुरीसँग आवश्यक अनुसन्धानका क्रममा अन्य दुईवटा मोटरसाइकलसमेत चोरी गरेको भेटिएको छ’, उनले भने । ठकुरीले उक्त मोटरसाइकल ललितपुरको मङ्गलबजारबाट चोरी गरेको स्वीकारेको प्रवक्ता मैनालीले बताए ।

पक्राउ परेका ठकुरीसँग प्रहरीले पल्सर र एभेन्जर मोटरसाइकलसमेत बरामद गरेको छ । प्रहरीले ठकुरीलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : ४५ बजे

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति

कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी