एमसिसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो–अमेरिका « Khabarhub

एमसिसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो–अमेरिका


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संयुक्त राज्य अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहार भएको स्पष्ट गर्दै त्यसलाई अनुमोदन गर्नेनगर्ने नेपालको सार्वभौम निर्णय हो भनेको छ ।

यहाँस्थित अमेरिकी राजदूतावासले शनिबार राति एक विज्ञप्ति जारी गर्दै अमेरिका र नेपालबीचको साझेदारीको प्रतीक एमसिसीले नेपालमा रोजगारी र विकासका पूर्वाधार निर्माण गर्ने बताएको छ । नेपालको अर्थतन्त्रको विकास गर्दै गरिबी घटाउन परियोजना नेपाल सरकारकै अनुरोधमा तयार गरिएको पनि अमेरिकाले स्पष्ट गरेको छ ।

‘यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औँ वर्ष हो । यी ७५ वर्षमा नेपालले ठूलो परिवर्तन देखेको छ । यी परिवर्तनहरूमा हामी नेपालको साथमा उभिएका छौँ । यो देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरूसहित अझ धेरै सहयोग गरेका छौँ । नेपाली नेताहरूले एमसीसीलाई अनुमोदन गर्ने वा नगर्ने सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रूपमा नेपालले गर्ने निर्णय हो र नेपालको मात्र निर्णय हो,’ विज्ञप्तिमा भनिएको छ ।

‘यो ५० करोड डलर एमसिसी अनुदान अमेरिकी जनताको उपहार हो । हाम्रा राष्ट्रहरूबीचको साझेदारीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउनेछ । यो परियोजना नेपाल सरकार र नेपाली जनताद्वारा अनुरोध गरिएको थियो र पारदर्शी रूपमा गरिबी घटाउन र नेपालको अर्थतन्त्रको विकास गर्न डिजाइन’ गरिएको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : ३० बजे

रवि र बालेनले उज्यालोलाई अलग्याए : डा. महेन्द्र लावती

काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति

कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी