एमसीसी पेश गर्न स्वीकृत दिने तत्कालीन सरकारको मन्त्रिपरिषदमा को–को थिए ? « Khabarhub

एमसीसी पेश गर्न स्वीकृत दिने तत्कालीन सरकारको मन्त्रिपरिषदमा को–को थिए ?


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेश भएको छ ।

तर, संसदमा एमसीसी पेश गर्ने विषयमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रको असहमति रह्यो । एमसीसी संशोधनबिना सदनमा पेश गर्न नहुने माओवादी अडान आफ्नै निर्णयविपरीत रहेको देखिएको छ ।

२०७५ साल माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकको स्वीकृतिअनुसार तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ३० असार २०७६ मा संसदमा दर्ता गरेका थिए । तर, अहिले प्रतिनिधिसभा बैठकमा पेस गर्ने बेलामा विरोध भएको छ ।

प्रतिनिधिसभामा एमसीसी पेश गर्न स्वीकृत दिने मन्त्रिपरिषद्ले निर्णय गर्दा माओवादीका ६ जना मन्त्रीले सहमति जनाएका थिए । यो निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा माओवादीबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्तिबहादुर बस्नेत र खानेपानीमन्त्री वीना मगर सहभागी थिइन् । तर, तत्कालीन गृहमन्त्री रामबहादुर थापा अहिले एमालेमा छन् । उनी एमसीसीबारे केही बोलेका छैनन् । तर, बाँकी नेताहरू अहिले पनि माओवादी छन् । उनीहरूले एमसीसी सदनमा पेश गर्ने विषयमा विरोध जनाए ।

एमसीसी सदनमा पेस गर्न स्वीकृति दिने निर्णय गर्दा एमालेबाट मन्त्रिपरिषद् बैठकमा केपी ओली (प्रधानमन्त्री), ईश्वर पोखरेल (उपप्रधान तथा रक्षामन्त्री), गोकर्ण विष्ट (भौतिक पूर्वाधार तथा यातायात मन्त्री), थममाया थापा (महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री), युवराज खतिवडा (अर्थमन्त्री), मोहम्मद इश्तियाक राई (सहरी विकासमन्त्री), रवीन्द्र अधिकारी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री) र पद्माकुमारी अर्याल (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री) सहभागी थिए । तर, अहिले एमालेबाट भीम रावलले विरोध जनाए पनि अन्य नेताले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

सरकारले सदनमा पेश गरिसकेपछि आफ्नो धारणा बनाउने एमालेले बताउँदै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : ४४ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी