माधव नेपालले भने– ‘एमसीसी पास गर्ने विषयमा आफूहरूको सहमति छैन’ | Khabarhub Khabarhub

माधव नेपालले भने– ‘एमसीसी पास गर्ने विषयमा आफूहरूको सहमति छैन’


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्नेबारेमा आफूहरूको सहमति नभएको बताएका छन् ।

उनले एमसीसी पारित गरे ‘सरकार जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया जनाए ।

आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ ।

अध्यक्ष नेपालसहित आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको थियो । तर, पास गर्ने सहमति नभएको नेता नेपालको भनाइ भनाइ छ ।

माधव नेपालसहितको आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने विषयमा सहमति जुटाएको थियो । उनले भने ‘एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ, हुन्छ ।’

हिजो बसेको नेकपा एसको स्थायी समिति बैठकले यथास्थितिमा पास गर्न नसकिने बताउँदै संसदमा लैजान अवरोध नगर्ने निर्णय गरेसँगै सरकारले संसदमा एमसीसी टेबल गरेको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ६ : ४८ बजे

लुम्बिनी प्रदेश प्रमुखले बोलाए प्रदेशसभाको सातौँ अधिवेशन 

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश

तनहुँका पालिकामा खेलकुद उत्सव

दमौली– जिल्लाका विभिन्न पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले यहाँका

जेन-जीले आज सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै

काठमाडौं– जेन-जी समूहले आफ्ना सम्झौतापत्र आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ : सञ्चारमन्त्री

काठमाडौं– एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा

बतासेडाँडाबाट देखिएको हिमालको संसार (फोटो फिचर)

पाल्पा– तानसेनबाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा पछिल्ला वर्षहरूमा