राजविराजमा मिस्टर एण्ड मिस कलेज आइकन हुने « Khabarhub

राजविराजमा मिस्टर एण्ड मिस कलेज आइकन हुने


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा पहिलो पटक मिस्टर एण्ड मिस कलेज आइकन हुने भएको छ । किशोरकिशोरीको क्षमता विकास र अभिवद्धिका लागि मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन गराउन लागेको आयोजकले जनाएको छ ।

रक्षा मिडिया हाउस प्रालि काठमाडौँले आइकनको अन्तिम तयारीअन्तर्गत आइतबार फाइनलका लागि १७ जना छनोट गरेको जनाएको छ ।

उनीहरूलाई अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट छनोट गरेको आयोजक लायन्स क्लब अफ राजविराज सिटीले जनाएको छ ।

राजविराजमा हुने ग्राण्ड फिनाले कार्यक्रमबाट मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन– २०२२ छनोट गर्नेछ ।

फाइनलका लागि तयारी भइरहेको लायन्स क्बल अफ राजविराज सिटीका अध्यक्ष अरुण प्रधानले जानकारी दिए ।

प्रतियोगितामा विजेतालाई शनिबार ताजसहित क्राउन, प्रमाणपत्र, उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिनेछ । अभिभावकको मञ्जुरी भएमा आइकन बिजेतालाई म्युजिक भिडिओका लागि समेत मौका दिइनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ३३ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक