नमोबुद्धबाट छ जुवाडे पक्राउ « Khabarhub

नमोबुद्धबाट छ जुवाडे पक्राउ


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नमोबुद्ध नगरपालिका–७ स्थित एक घरबाट छ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

स्थानीय गोपाल कुइँकेलको खाली अवस्थामा रहेको घरमा अवैधरूपमा बाजी थापी हारजित हुनेगरी जुवातास खेल्ने खेलाउने भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मङ्गलटारबाट शनिबार राति खटिएको टोलीले उक्त घरमा तास खेलीरहेको अवस्थामा नगदसहित छ जनालाई पक्राउ गरिएको जिप्रका धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा धुलिखेल नपा–३ का ४० वर्षीय अर्जुन तामाङ तथा सोही नपा–११ निवासी ५५ वर्षका लक्ष्मणप्रसाद थपलिया, पनौती नपा–१२ का ३० वर्षीय राजकुमार न्यौपाने, रौतहटको बोधिमाई नपा–२ का ३२ वर्षीय सञ्जीव जैसवाल, दोलखाको बैतेश्वर नपा–४ का ३० वर्षीय जगदीश दियाली र सर्लाहीको ईश्वरपुर गाउँपालिका–५ का ४२ वर्षीय हरिबहादुर रोक्का रहेका छन् ।

खालबाट रु दुई लाख ८८ हजार ३० नगद तथा नखोलेको १६ बट्टा तास र खोलिएको तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकालाई मुलुकी फौजदारी संहिता–२०७४को दफा १२५ को उपदफा १ बमोजिम कसुरमा मुद्दा चलाइनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ३८ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६