१ हजार ३३८ जना सङ्क्रमणमुक्त « Khabarhub

१ हजार ३३८ जना सङ्क्रमणमुक्त


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ रहेको छ ।

जसमध्ये ११ हजार ७५४ सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । ४९० संस्थागत आइसोलेशनमा छन् । उनीहरूमध्ये १३६ जनाको आइसीयु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस अवधिमा थप २६२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ५७२ पिसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार १५६ पुगेको छ । यस अवधिमा चार जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२१ पुगेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ४३ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार