जथाभावी ढुंगा उत्खनन गर्दा सामुदायिक वनमा पहिरो, बस्ती जोखिममा « Khabarhub

जथाभावी ढुंगा उत्खनन गर्दा सामुदायिक वनमा पहिरो, बस्ती जोखिममा


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जथाभावी ढुंगा उत्खनन गर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित सिस्ने हर्कटे सामुदायिक वनमा पहिरो सुरु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–सेखुवा सडक (४६ किलोमिटर) कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी रमन–गोल्डेन गुड जेभीले सामुदायिक वन क्षेत्रभिबाट ढुंगा निकाल्दा पर्यवरणीय क्षती भएको हो । पहिरो नरोकिए सोभन्दा माथिल्लो गाउँका वस्ती जोखिममा पर्ने स्थानीय बताउँछन् ।

सामुदायिक वनमा जथाभावी ढुंगा दोहन गर्दा पर्यवरणमा क्षती पुगेको भन्दै कारबाहीका लागि स्थानीय कृष्ण बुढाथोकी र प्रेम थापाले गत ५ माघमा डिभिजन वन कार्यालयमा उजुरी दिएका थिए । ढुंगा उत्खनन गरिएको क्षेत्रमा पहिरो जाने र वनपैदावर तथा पर्यावरणीय समस्या आउन सक्ने खतरा देखिएको बुढाथोकीले बताए ।

डिभिजन वन, सामुदायिक वन उपभोक्ता समिति तथा सरोकारवालासँग सम्झौता नगरी सामुदायिक वनमा सडक खनिएको, हाल सडक स्तरोन्नति गर्ने नाममा जोखिमपूर्ण भीर भत्काएर ढुङ्गा बेचबिखन गरिएको, सडकभन्दा माथिको ढुङ्गा उत्खनन गरिएको उजुरीमा उल्लेख छ । छानबिनका क्रममा सामुदायिक वन क्षेत्रबाट ढुंगा उत्खनन गरेको पुष्टि भएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख भीमबहादुर कालीकोटेले बताए ।

वडा कार्यालयको पहलमा सो सामुदायीक वन क्षेत्रबाट केही वर्षअघि मध्यपहाडी लोकमार्गबाट बुवालुङ–साप्सुधाप गोल्डेन चक्रपथ निर्माण गरिएको थियो । ठेकेदारले सो स्थानको सडकमा थुप्रिएको पहिरो पन्छाइदिने र त्यसक्रममा निस्किएको ढुंगा उसैलाई लैजान दिने निर्णय गरिएको सिस्ने हर्कटे सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष अम्बरबहादुर थापाले बताए । निर्माण कम्पनीले पहिला खसेको पहिरो पन्छाए पनि सडकमा पुःन ठूलो पहिरो खसेको छ । थापाले भने वनमा क्षती नपुगेको दावी गरे ।

वनमा क्षती पुग्नेगरी ढुंगा उत्खनन गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै सत्तारुढ गठबन्धन दलबाट ज्ञापन–पत्र प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको टोली २९ माघमा स्थलगत अनुगमनमा पुगेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : ४० बजे

बाल संरक्षणसम्बन्धी नीति, तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप