‘जनसांस्कृतिक राष्ट्रिय सम्मान’ पाँच स्रष्टालाई  « Khabarhub

‘जनसांस्कृतिक राष्ट्रिय सम्मान’ पाँच स्रष्टालाई 


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनसांस्कृतिक महासंघ नेपालले वर्षेनी प्रदान गर्दै आएको ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान’बाट पाँच स्रष्टालाई सम्मानित गरेको छ।

नेपाली प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका ललितकलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, फिल्मकर्मी विमल पौडेल, गायिका प्रगति हिङमाङ र नाट्यकर्मी जेवी रुवालीलाई यो वर्षका लागि सम्मान गरेको हो । सम्मानको राशी १० हजार रुपैंयाँ छ ।

स्रष्टाहरुलाई २४ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर शनिबार राजधानीमा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सम्मान गरे । कार्यक्रममा महराले समाज रुपान्तरणका लागि संस्कृतिकर्मीले महत्वपूर्ण योगदान दिएको बताए । ‘समाजमा रहेको विभेदलाई हटाइ प्रगतिशील रुपान्तरणका लागि संस्कृतिकर्मीले निरन्तर खबरदारी गरिरहनुपर्दछ,’उनले भने ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघ नेपालका इन्चार्ज डा. गोपाल ठाकुरले कलाकारलाई वस्तु मात्रै सम्झिने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिँदै संघर्ष र चुनावका बेला संस्कृतिकर्मी चाहिने प्रवृत्तिको अन्त्य हुनुपर्ने विचार व्यक्त गरे ।

प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले ‘सांस्कृतिक प्रतिरोध दिवस र प्रगतिशील संस्कृति रुपान्तरणको प्रश्न’ विषयमा अवधारणा पत्र प्रस्तुत गरे । उनले सांस्कृतिक प्रतिरोध दिवस सांस्कृतिक क्रान्तिकै एउटा बिम्ब भएको बताए । उनले २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जम्मा भएका कलाकारलाई तत्कालीन सत्ताधारीवर्गको कायर मनस्थिति र आतंकित अवस्थाका कारण घरमै घेराहाली आगो लगाएर र गोली चलाएर सात जना कलाकारको जघन्य हत्या गरेको बताए ।

तत्कालीन सत्ताले कलाकार च्याङ्बा लामा, चिनीमाया लामा, गुम्बसिंह तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा अधिकारी र मञ्जु कुँवरलाई घरमा आगो लगाएर हत्या गरेको थियो । यही दिनको सम्झनामा नेकपा (माओवादी केन्द्र) ले सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै आएको छ ।

अवधारणा पत्रमाथि टिप्पणी गर्दै उपप्राध्यापक बालाकृष्ण अधिकारीले प्रतिरोध दिवस र प्रगतिशील संस्कृतिका विषयमा ज्ञवालीले गहिरो संश्लेषण गरेको बताए । उनले प्रतिरोध क्रान्तिप्रतिको आक्रमणको प्रतिरोधी आक्रमण भएको बताउँदै समाजमा रहेको विभेदको खाडललाई अन्त्य गर्न संस्कृतिकर्मीले विशिष्ट योगदान दिएको बताए ।

जनसांस्कृतिक महासंघका उपाध्यक्ष कर्ण विद्रोहीले संस्कृतिकर्मीले आफ्ना सिर्जनामार्फत रुपान्तरणका पक्षमा माहोल सिर्जना गर्नुपर्नेमा जोड दिए ।

महासंघका केन्द्रीय सचिव केशरी घर्ती मगरले संस्कृतिकर्मीले दिएको बलिदानले देशमा परिवर्तन आउन सकेको बताइन् । महासंघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सांस्कृतिक रुपान्तरणविना समाज परिवर्तन हुन नसक्ने बताए । कार्यक्रममा कवि प्रथा, बाबा बस्नेत तथा कृष्णकिशु लगायतका कविले कविता वाचन गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ३८ बजे

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी