कलाकार र प्राविधिकलाई ‘मेरो कथा’ को सम्मान « Khabarhub

कलाकार र प्राविधिकलाई ‘मेरो कथा’ को सम्मान


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युट्यबुमा प्रसारण भइरहेको टेलिफिल्म ‘मेरो कथा’ले ५१ भाग पूरा गरेको छ ।

५१ औं भाग पुरा गरेको अवसर पारेर टेलिफिल्मले शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै स्रष्टा सम्मान गरेको छ । कार्यक्रममा सिरियलकी निर्देशक गीता नेपालको जन्मदिन मनाएसँगै आगामी भागमा निर्देशनको जिम्मेवारी रामजी राउतले सम्हाल्ने घोषणा गरियो ।

कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, कलाकार तथा निर्देशक नीर शाह, निर्माता तथा वितरक गोपालकाजी कायस्थ, चलचित्र कलाकार संघ, नेपालका अध्यक्ष रविन्द्र खड्का, निर्देशक शोभित बस्नेत, कलाकार मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थिति रहेको थियो ।

टेलिफिलममा रमेश बुढाथोकी, पवन मैनाली, हिउवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा, रामजी रावत, जयश्री कार्की, नेवीश्री कार्की, सरोज दाहाल, सन्दीप कँडेल, अनमिका चौलागाई, अञ्जली तामाङ, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

धनेश्वर मिडियाको व्यानरमा निर्माण भएको टेलिसिरियलमा तेजुला खतिवडा र कृष्ण कार्कीको लगानी छ । टेलिफिल्ममा नरहरी प्रेमीको संगीत, नरहरी प्रेमी र अपेक्षा खनालको स्वर, क्यामोदिन मियाको सम्पादन, समीर मियाँको कलर तथा भिएफएक्स र रामेश्वर हुमागाईंको छायांकन रहेको छ । कार्यक्रममा कलाकार तथा प्राविधिकलाई मायाको चिनो र कदर पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ४५ बजे

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि