ट्युनिसियामा २० आप्रवासीको शव फेला « Khabarhub

ट्युनिसियामा २० आप्रवासीको शव फेला


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर अफ्रिकी मुलुक ट्युनिसियाको तटपारि भूमध्य सागरमा २० शव फेला परेको छ । अवैध रुपमा युरोपतर्फ जान खोज्ने आप्रवासीका ती शव उत्तरपूर्वी ट्युनिसियाको नयेबुल शहर नजिक फेला परेका हुन् ।

शुक्रबार १२ शव फेला परेकोमा शनिबार थप ८ शव भेटिएको स्थानीय रेडियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु सिरियाली नागरिक हुन खोज्ने प्रहरीको आशंका छ ।

हाल फेला परेका शवलाई डीएनए परीक्षण र अन्य पहिचानका लागि स्थानीय अस्पतालतर्फ लगिएको बताइएको छ । थप शव भेटिने आशङ्कामा सो क्षेत्रमा खोजी कार्य पनि जारी रहेको समाचार संस्था एपीले जनाएको छ ।

ट्युनिसियाको तट युरोप प्रवेश गर्ने अफ्रिकी आप्रवासीका लागि कुख्यात मानिन्छ । हरेक वर्ष यस क्षेत्रमा अवैध रुपमा युरोपतर्फ जान खोज्ने सयौँ आप्रवासीले ज्यान गुमाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका अनुसार गत वर्ष मात्रै भूमध्य सागरको सो क्षेत्रमा १३ सय भन्दा धेरै आप्रवासी मारिएको वा बेपत्ता भएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : ५४ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात