परिवारसहित बेलायतमा शरण दिने जोनसनको प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार « Khabarhub

परिवारसहित बेलायतमा शरण दिने जोनसनको प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसी आक्रमणबीच युक्रेनी राष्ट्रपति र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका हुन् ।

यद्यपि जेलेन्स्कीले भने उक्त प्रस्ताव अस्वीकार गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार उनको जेलेन्स्कीसँग नियमित कुराकानी भइरहेको छ ।

जोनसनले जेलेन्स्कीलाई ‘अत्यन्त आकर्षक व्यक्तित्व र  प्रेरणाको स्रोत पनि साबित भएको ।’ बताएका छन् । जोनसनका अनुसार कुराकानीका क्रममा जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो ।

यद्यपि जेलेन्स्कीले उक्त प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ । ‘उनी सधैं स्पष्ट छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यहीँ बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उनको प्रशंसा गर्छु ।’ जोनसनले भने ।

गत फेब्रुअरी  २४ यता रुसले युक्रेनमा सैनिक आक्रमण गर्दै आएको छ । 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ४ : २२ बजे

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार