इण्डो नेपाल क्रिकेट: एमएफसी भारतलाई उपाधि « Khabarhub

इण्डो नेपाल क्रिकेट: एमएफसी भारतलाई उपाधि


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनीमा भएको इन्डो–नेपाल क्रिकेट टुर्नामेन्ट पडरिया लुम्बिनी प्रिमियर लिग (पीएलपीएल) सिजन चारको उपाधि भारतको जितेको छ ।

आइतबार भएको फाइनलमा आयोजक लुम्बिनी नव युवा क्लबलाई एमएफसी उस्का बजार भारतले ५७ रनको अन्तरले विजय भएको हो ।

लुम्बिनी नव युवा क्लबको आयोजनामा लुम्बिनी विकास कोष परिसर पडरिया खेल मैदानमा सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन जोडेको थियो ।

जसका लागि मुलायमले ६१, शिवमले ५० र सचिनले ३९ रन बनाएका थिए । बलिङतर्फ नव युवाका बैतुल्लाहले ४, गणेशले २ र रवि यादव, मनौअर खानले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा २१४ रनको लक्ष्य पाएको नव युवाले १५ ओभरमा १८७ रनमै समेटिएपछि जित निकाल्न सकेनन् ।

५७ रनले हार ब्यहोरेको टिमका लागि मनौअर खानले ४९, पंकजले २७ र बिट्टुले २४ रनको योगदान गरे ।

फाइनल खेलमा उस्काका मुलायम यादव म्यान अफ द म्याचबाट पुरस्कृत भएको क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए ।

प्रतियोगितामा नेपालका १६ र भारतका १६ गरी ३२ वटा क्रिकेट टिमले सहभागिता जनाएका थिए ।

विजेताले १ लाख २५ हजार, उपविजेताले ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यस क्षेत्रको सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा नेपाल र भारतबीचको प्रतिस्पर्धाले थप रोमाञ्चक भएको प्रतियोगिताका संयोजक मोहम्मद सरिफले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ५ : ३७ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी