मूल्यवृद्धि फिर्ताको माग गर्दै युवा संघबाट सरकारलाई ज्ञापनपत्र « Khabarhub

मूल्यवृद्धि फिर्ताको माग गर्दै युवा संघबाट सरकारलाई ज्ञापनपत्र


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ गुल्मीले पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

संघको गुल्मी जिल्ला कमिटीका अध्यक्ष सुरेश भण्डारीले आइतबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको घोर भत्र्सना गर्दै तत्काल फिर्ता लिन माग गरिएको छ ।

कोरोनाको महामारीका कारण थलिएका नागरिकलाई झनै पीडा हुने गरेर सरकारले पटक–पटक पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको युवा संघको आरोप छ ।

सरकार सत्ता टिकाउने र गठबन्धन कायम गरेर एमालेविरुद्ध कामभन्दा भ्रम छर्न उद्धत रहेकाले जनतामा आशाभन्दा निराशा बढिरहेको युवा संघले आरोप लगाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ०२ बजे

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन