मूल्यवृद्धि फिर्ताको माग गर्दै युवा संघबाट सरकारलाई ज्ञापनपत्र « Khabarhub

मूल्यवृद्धि फिर्ताको माग गर्दै युवा संघबाट सरकारलाई ज्ञापनपत्र


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ गुल्मीले पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

संघको गुल्मी जिल्ला कमिटीका अध्यक्ष सुरेश भण्डारीले आइतबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको घोर भत्र्सना गर्दै तत्काल फिर्ता लिन माग गरिएको छ ।

कोरोनाको महामारीका कारण थलिएका नागरिकलाई झनै पीडा हुने गरेर सरकारले पटक–पटक पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको युवा संघको आरोप छ ।

सरकार सत्ता टिकाउने र गठबन्धन कायम गरेर एमालेविरुद्ध कामभन्दा भ्रम छर्न उद्धत रहेकाले जनतामा आशाभन्दा निराशा बढिरहेको युवा संघले आरोप लगाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ०२ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा