‘महिला सशक्तीकरणको क्षेत्रमा भारतमा आमूल परिवर्तन आएको छ’ « Khabarhub

‘महिला सशक्तीकरणको क्षेत्रमा भारतमा आमूल परिवर्तन आएको छ’


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय महिला एवम् बाल विकासमन्त्री स्मृति इरानीले महिला सशक्तीकरणको प्रयासमा भारत अग्रस्थानमा रहेको बताएकी छिन् ।

संयुक्त राष्ट्रसंघीय महिला आयोगको ६६ औं अधिवेशनमा बोल्दै इरानीले महिला सशक्तीकरणका क्षेत्रमा भारतमा आमूल परिवर्तन आएको उल्लेख गरिन् ।

यससँगै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकार महिलाको क्षेत्रमा बहुआयामिक रणनीतिका साथ अघि बढिरहेको समेत बताइन् ।

महिलाविरुद्ध हुने विभेद र हिंसाको अन्त्य गर्दै समुन्नत राष्ट्र र आत्मनिर्भर भारतको दिशामा अघि बढाउन भारत सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।

उनले कोभिड १९ महामारीका बेला महिला स्वास्थ्यकर्मीहरूले खेलेको भूमिकाको पनि प्रशंसा गरिन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ५३ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको