कपिलवस्तुस्थित एक विद्यालयमा विद्यार्थीहरूबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार « Khabarhub

कपिलवस्तुस्थित एक विद्यालयमा विद्यार्थीहरूबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको गुगौलीमा विद्यार्थीहरूबीच झडप हुँदा आज दिनभर स्थिति तनावग्रस्त बन्यो ।

विजयनगर गाउँपालिका–१ गुगौलीस्थित दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूका दुई समूहबीच झडप भएको हो ।

होलीका दिन विद्यार्थीहरूबीच भएको विवाद मिलाउन आज अभिभावकहरूलाई बोलाएर छलफल गराउने तयारी थियो । तर, विद्यार्थीहरू ढुंगामुढा गर्न थालेपछि स्थिति बिग्रिएको हो ।

झडप उग्र रूप लिएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । त्यसक्रममा आठ राउण्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ । झडपका क्रममा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

विद्यार्थीहरूले विद्यालयका भौतिक संरचनाहरू पनि तोडफोड गरेका छन् । अहिले स्थिति सामान्य रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ४० बजे

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन