पूर्वलडाकु बाध्य भएर सेक्स वर्कर बनेको मैले देखेको छुः डा. भट्टराई « Khabarhub

पूर्वलडाकु बाध्य भएर सेक्स वर्कर बनेको मैले देखेको छुः डा. भट्टराई


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन माओवादीका लडाकुहरू सेक्स वर्कर बन्न बाध्य भएको आफूले देखेको प्रतिक्रिया दिएका छन् ।

गायक प्रकाश सपूतले हालै ल्याएको गीतमा पूर्वलडाकु यौनकर्मी बनेको देखाइएको थियो । यो गीतमा देखाएको कथावस्तुमा समर्थन पुग्ने गरी तत्कालीन माओवादीका शीर्ष नेतासमेत रहेका डा. भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

डा. भट्टराईले ओशो तपोवनमा स्वामी आनन्द अरूणसँगको कुराकानीमा कतिपय लडाकु सेक्स वर्कर बनेको आफूले देखेको दाबी गरेका छन् । तिनीहरू बाध्य भएर सेक्स वर्कर बनेको कुरा लुकाएर कहाँ हुन्छ भन्दै उनले आफूले प्रत्यक्ष भेटेको पनि बताएका छन् ।

गायक सपूतको गीतमा समावेश गरिएको कथावस्तुप्रति नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले विरोध जनाउँदै आएका थिए । विवाद बढेपछि शनिबार मात्रै सपूतले यौनकर्मीवाला अंश हटाएर नयाँ भिडियो युट्युवमा अपलोड गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : १७ बजे

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना