आईपीएल : बैंगलोरको पाँचौं जित « Khabarhub

आईपीएल : बैंगलोरको पाँचौं जित


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौं जित दर्ता गरेको छ।

मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको
बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पूरा गर्न नसक्दा लखनउ पराजित भएको हो। लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो।

लखनउका कुर्नाल पान्डेयले ४२, कप्तान केएल राहुल ३०, मार्कुस स्टोनिसले २४ रन बनाउँदा दिपक होडा र आयुषले समान १३ रन जोडे। बैंगलोरका जोश हाजलउड एक्लैले ४ विकेट लिए भने हर्सल पटेलले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंगलोरका लागि फाप डु प्लेसिसले ९६ रनको अर्धशतकीय इनिङ खेले। शाहबाज अहमेदले २६, ग्लेन म्याक्सवेल २३ रन बनाए भने दिनेश कार्तिक १३ रनमा अविजित रहे।

लखनउका जासन होल्डर र दुश्मन्था चामिराले दुईदुई विकेट लिए। जितसँगै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ। लखनउ ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : २२ बजे

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र