गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता : मिनु र सन्जुमाया क्वाटरफाइनलमा « Khabarhub

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता : मिनु र सन्जुमाया क्वाटरफाइनलमा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको  क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

महिला ५१ किलो तौल समूहमा गुरुङले मंगलबार भएको खेलमा मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरेकी हुन् । उनी १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेतासमेत हुन् । यस्तै सोही विधामा एपीएफकी सन्जुमाया थिङले प्रदेश नं १ की सुस्मिता श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी छन् ।

महिला ५७ किलो तौल समूहमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश नं १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पराजित गरिन् । दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् ।

यस्तै पुरुष ५२ किलो तौल समूहमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओलीलाई तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

यसैगरी पुरुष ५७ किलो तौल समूहमा नेपाल पुलिस क्लबका शम्भु राजवंशीले सुदूरपश्चिम प्रदेशका रामबहादुर थापालाई तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई हराए । दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष ६३ किलो तौल समूहमा एपीएफका सोनाम सार्कीले सुदूरपश्चिमका वीरेन्द्र रावललाई तथा  लुम्बिनीका अनिल पुन मगरले प्रदेश नं १ का तोविन प्रधानलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

यस्तै पुरुष ६९ किलो तौल समूहमा एपीएफका विक्रम चौधरीले मधेश प्रदेशका सचिन शाक्यलाई तथा लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनिल विकलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष ७५ किलो तौल समूहमा सेनाका दीपेश लामाले लुम्बिनीका गणेश सुनारलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ०८ बजे

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४