सत्ता गठबन्धनले बाँकी दुई उपमहानगरको टुंगो आज लगाउने | Khabarhub Khabarhub

सत्ता गठबन्धनले बाँकी दुई उपमहानगरको टुंगो आज लगाउने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनका दलबीच गए राति दुई बजेसम्म बसेको बैठकले पनि महानगर र उपमहानगर बाँडफाँटमा अन्तिम टुंगो लगाउन सकेन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दुई पटक बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज बिहान फेरि बस्ने गरी सकिएको थियो। बैठक आज बिहान ११ बजे पुन: बस्नेछ।

हालसम्म ६ वटा महानगरमध्ये तीन वटाको मेयर कांग्रेसलाई र बाँकी तीन महानगरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले पाउने सहमति बनिसकेको छ।

कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर, माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज पाएका छन्। उपमेयर अर्को दललाई दिइने छ।

११ उपमहानगरपालिकामध्ये धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर कांग्रेसलाई दिने प्रस्ताव गरिएको छ। त्यस्तै, जनकपुर उपमहानगर जसपालाई, घोराही र जितपुर सिमरा माओवादीलाई र हेटौंडा उपमहानगर एकीकृत समाजवादीलाई दिने प्रस्ताव गरिएको छ।

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका उनीहरुबीच दुई उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो। जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच कुरा नमिलेपछि बैठक लम्बिएको एक नेताले बताएका छन् ।

सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलबीच महानगर र उपमहानगरमा तालमेलको विषय सहमति नजिक पुगेको बताए।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : २६ बजे

उदयपुरमा छिमेकीबाटै आमाछोराको हत्या, ३२ वर्षीय युवक पक्राउ

काठमाडौं- उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपितलाई

पोषण सुरक्षा कायम गर्न चुनौती खेप्दै सरकार

काठमाडौं – नेपालको संविधानमा मौलिक हकको सूचीमाा खाद्यसम्बन्धी हक उल्लेख

त्रिविको प्रवक्तामा सह-प्रशासक बोहोरा नियुक्त

काठमाडौं- त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले त्रिविको प्रवक्तामा सह-प्रशासक एमानसिंह बोहोरालाई

प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम

राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा

काठमाडौं – सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवम्‌ प्रमुख कार्यकारी