सत्ता गठबन्धनले बाँकी दुई उपमहानगरको टुंगो आज लगाउने « Khabarhub

सत्ता गठबन्धनले बाँकी दुई उपमहानगरको टुंगो आज लगाउने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनका दलबीच गए राति दुई बजेसम्म बसेको बैठकले पनि महानगर र उपमहानगर बाँडफाँटमा अन्तिम टुंगो लगाउन सकेन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दुई पटक बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज बिहान फेरि बस्ने गरी सकिएको थियो। बैठक आज बिहान ११ बजे पुन: बस्नेछ।

हालसम्म ६ वटा महानगरमध्ये तीन वटाको मेयर कांग्रेसलाई र बाँकी तीन महानगरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले पाउने सहमति बनिसकेको छ।

कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर, माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज पाएका छन्। उपमेयर अर्को दललाई दिइने छ।

११ उपमहानगरपालिकामध्ये धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर कांग्रेसलाई दिने प्रस्ताव गरिएको छ। त्यस्तै, जनकपुर उपमहानगर जसपालाई, घोराही र जितपुर सिमरा माओवादीलाई र हेटौंडा उपमहानगर एकीकृत समाजवादीलाई दिने प्रस्ताव गरिएको छ।

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका उनीहरुबीच दुई उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो। जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच कुरा नमिलेपछि बैठक लम्बिएको एक नेताले बताएका छन् ।

सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलबीच महानगर र उपमहानगरमा तालमेलको विषय सहमति नजिक पुगेको बताए।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : २६ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन