कतारमा जेल जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी « Khabarhub

कतारमा जेल जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जेल जीवन बिताइरहेका २१ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।

कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका २१ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो ।

दोहास्थित नेपाली दूतावासका अनुसार आममाफी पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३, चाेरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रि वितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका थिए ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कारागारमा सजाय भोगिरहेका उनीहरुलाई आममाफी दिएका हुन्। आममाफी पाएका नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने दूतावासले जनाएको छ ।

कतारले रमादानको अवसरमा प्रत्येक वर्ष कसुरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ । गतवर्ष पनि विभिन्न कसुरमा जेल जीवन बिताइरहेका १४ जना नेपालीलाई कतारले माफी दिएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : ०८ बजे

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक