राप्रपाले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै   « Khabarhub

राप्रपाले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै  


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका हुन् ।

घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेको छ ।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्र/प्रतिबद्धता पत्र  सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदैछ, दलहरु पालिका उम्मेदवार टुंग्याउन व्यस्त छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : ४५ बजे

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४